राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारण सभा माघ २८ गते

माघ ८, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले वार्षिक साधारण सभा माघ २८ गते गर्ने भएको छ । सभा बैंकको केन्द्रिय कार्यालयको सभा कक्षमा अपारान्ह २ बजे भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी गराएको हो । सभाले चुक्तापूँजीको २ प्रतिशत बोनस शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७६र७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । बैंकको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Translate »