बजाज अटो बन्यो विश्वको सर्वाधिक मूल्यवान दुईपांग्रे सवारी कम्पनी

माघ ८,काठमाडौं ।
बजाज अटो लिमिटेड बजार पुँजीकरण १.६ लाख करोड नाघ्ने विश्वव्यापी रूपमा पहिलो दुईपांग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको शेयर मूल्य बुधबार एनएसईमा प्रतिशेयर रु.५५६६.४ रुपैयाँ पुगेर बजार पुँजीकरण रु.१६१०७३.२१६ करोडमा समेटिएको थियो ।विश्लेषकका अनुसार यसअघि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुईपांग्रे सवारी कम्पनीले रु १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण हासिल गर्न सकेका छैनन् । बजाज अटोको यात्रा भारतमा ७५ वर्ष पहिले सुरु भएको थियो । हाल कम्पनीले पल्सर, बक्सर, प्लेटिना र आरईजस्ता ब्रान्ड विश्वका ७० भन्दा बढी देशमा बिक्री वितरण भइरहेका छन् । बजाज अटोले अस्ट्रियाको केटीएम एजीसँग साझेदारी गरेको छ । बजाज अटोले ट्राइम्फ युकेसँग विश्व बजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलका नयाँ शृंखला बनाउन रणनीतिक साझेदारी गरेको बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले बताए । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी हो ।

 

Translate »