नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० ओटा देशमा पुग्यो : डब्लूएचओ

माघ ७, जेनेभा ।
कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० ओटा देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधवार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० ओटा देशमा पुगेको छ । डब्लूएचओले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ । डब्लूएचओले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र कोरोना भाइरसबाट करीब ९३ हजार जनाको ज्यान गएको छ । तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । पछिल्लो समयमा यूरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । यूरोपेली यूनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महीनाको अन्तिम सम्ममा विभिन्न यूरोपेली देशहरुका करीब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ । रासस/ एएफपी

Translate »