कोरोनाविरुद्धको खोप भोलि नै नेपाल आउने

माघ ७,काठमाडौं ।
सरकारले बिहीबार नै नेपालमा कोरोनाविरुद्धको खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र भारतीय राजदूत विनय मोहन क्वात्राले बुधबार मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै भारत सरकारको अनुदानमा कोरोना खोप ल्याउने जानकारी दिए । खोप अनुदान सहयोग गरेकोमा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद व्यक्त गरे । उनले पहिलो चरणमा फ्रन्टलाइनमा खटिने योद्धाहरुका लागि खोप प्रयोग गरिने जानकारी दिए । ‘फागुनमा खोप ल्याउने घोषणा मैले गरेको थिएँ,’ उनले भने, ‘तर पहिलो खेपको खोप भोलि नै नेपाल आउने भएको छ ।’ मन्त्री त्रिपाठीले कानुनी, आर्थिक जटिलता हल गर्न सके बाँकी खोप पनि छिट्टै ल्याउने सकिने बताए । उनले खोप आयातमा पारदर्शीता अपनाउने प्रतिबद्धता जनाए ।

Translate »