सुर्खेतलाई शैक्षिक हब बनाऊँ : मानव अधिकारकर्मी पहाडी

स्काई न्यूज /माघ ६, सुर्खेत ।
मानव अधिकारकर्मी कृष्ण पहाडीले सुर्खेतलाई शैक्षिक हबको रुपमा विकास गर्न आवश्यक रहेको औल्याएका छन् । जन नमूना माध्यमिक विद्यालय सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको विद्यालय शान्ति क्षेत्र तथा बाल अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कर्णाली प्रदेशको राजधानी सुर्खेत भएसँगै हरेक दृष्टिले गुणस्तरीय शिक्षाका लागि उपयुक्त स्थान भएको बताए । कर्णालीमा सबै पक्ष उत्तम हुँदाहुँदैपनि गुणस्तरीय शैक्षिक विकासमा पछाडी परेका कारण सोचेजस्तो प्रगति हुन नसकेको उनको भनाइ थियो । उनले देशका अन्य प्रदेश भन्दा कर्णाली अहिलेपनि उर्वरभूमिका रुपमा रहेकाले यसको महत्वलाई बुझेर सरकार, नीजि क्षेत्र र समुदायले गुणस्तरीय शिक्षा लागिका लागि काम गरे सुर्खेतलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने जिकिर गरे । ‘कुनैपनि मुलक वा क्षेत्र गरिवीका कारणले पछाडी परेको हुँदैन, व्यक्ति तथा समाजको सोचले विकसित एवं अविकसित बनाउँछ,’ उनले भने, ‘त्यसैले कर्णाली गरिवीका कारणले पछाडि परेको होइन, संकुचित सोचका कारणले पछाडी परेको हो ।’ उनले उच्च विचारका लागि शिक्षाको विकासले नै नागरिकको स्तर निर्धारण गर्ने उल्लेख गरे । उनका अनुसार कर्णालीमा वैज्ञानिक, जीवनउपयोगि शिक्षाको उन्नयन तथा विकासका लागि सबै पक्ष जुट्नु आवश्यक छ ।
एक फरक प्रशंङ्गमा उनले भने, ‘मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा गुणस्तरीय शिक्षा केन्द्रको रुपमा सुर्खेतलाई विकासित गर्नुको विकल्प छैन् ।’ उनले तत्कालिन अवस्थामा सञ्चालित आधारभूत तथा प्राथमिक एवं माध्यमिक शिक्षा परियोजना र शिक्षा विकास परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमलाई सार्थकता दिन आवश्यक रहेको औल्याए ।

उनका अनुसार विद्यमान शैक्षिक प्रणालीलाई अझ बढी प्रभावकारी बनाउँदै आधारभूत तथा प्राथमिक शिक्षालाई गुणस्तरीय बनाउनु पर्छ । ‘ गुणस्तरयुक्त शिक्षा तथा पूर्वाधारको विकाससँगै मानव संशाधनको विकास गर्न आवश्यक छ,’ उनले भने, ‘राज्यले शिक्षकलाई पर्याप्त तालिम तथा प्रशिक्षण नदिएर उनीहरुको शोषण गरिरहेको छ ।’ उनले बालबालिकालाई आभारभूत तहसम्म अनिवार्य शिक्षा एवं माध्यमिक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भनेपनि राज्यले गुणस्तरीय शिक्षक उत्पादन तर्फ सोच्न नसक्दा भनाई र गराईमा फरक पर्न गएको स्पष्ट पारे । उनका अनुसार अहिलेपनि विद्यालय नजाने तथा वीचमै पढाई छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै विद्यार्थीको सिकाई उपलब्धी अभिबृद्धि गर्न आवश्यक छ ।

मानव अधिकार संस्थाको पहलमा ‘छोरी पढाऊँ, गरिमा बढाऊँ’ अभियान सञ्चालन गरेर ३७ वटा दलित तथा विपन्न छात्राहरुका लागि हाल ५ वर्षसम्मका लागि छात्रबृत्ति दिने कार्यक्रम अघि सारिएको उनले जानकारी दिए । ‘गरिब तथा विपन्न परिवारका छात्रालाई पढाईप्रति प्रोत्साहन गर्न विभिन्न दाताहरुको सहयोगमा उक्त छात्रबृत्ति ल्याएका हौं,’ उनले भने, ‘राज्यको एक पैंसा सहयोग विना नै स्वैच्छिक सहयोगबाट सञ्चालित उक्त छात्रबृत्ति झै कर्णालीका नागरिक अगुवाको प्रयासमा यहाँ पनि सञ्चालन गरिनु पर्छ ।’ उनले राजनीतिक दलहरुले नै विद्यालयलाई अशान्त बनाएकै कारण विद्यालयलाई शान्ति क्षेत्र बनाउनु परेको जिकिर गरे ।

उनका अनुसार देशका सबै राजनीतिक दलले विद्यालय शान्ति क्षेत्र बनाउने प्रतिवद्धताप्रति हस्ताक्षर गरिसकेकाले अब कोही कसै पक्षबाट विद्यालय बन्द गरिनु हुँदैन् । कार्यक्रममा शिक्षाविद् उत्तम पुडासैनी तथा कवि एवं साहित्यकार अर्जुन पराजुलीले समसायिक राजनीतिक अवस्थासँगै शिक्षा क्षेत्रमा जानी–जानी पु¥याईएको चोटप्रति कटाक्ष गरेका थिए । उनीहरुले पछिल्लो समय समाजमा देखा परेको लागु औषध दुव्र्यसनी तथा मूल्यहिन राजनीतिप्रति समेत प्रहार गर्दे सबैलाई सचेत हुन आग्रह गरे । गणतन्त्र बहालीपछि नागरिक बलियो हुन नसक्दा देश बलियो हुन नसकेको र राजनीतिलाई सेवामुखी विकासमा परिणत गर्न नसक्दा कुशासन बढेकाले आधारभूत वर्गका जनताले सुखको अनुभूति गर्न नसकेको उनीहरुको भनाई थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालालगायतको सहभागिता रहेको थियो ।

 

Translate »