नयाँ प्रकारको कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि

माघ ५, काठमाडौं ।
नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण केही दिन अघि बेलायतबाट आएका ६ जना मध्ये तीन जनामा देखिएको जानकारी दिएको छ । नयाँ प्रकारको भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनका लागि उनीहरुको नमूना विश्व स्वास्थ्य संगठनको सहयोगमा पुष २७ गते हङकङको प्रयोगशालामा पठाइएको थियो । त्यसको रिपोर्ट माघ ५ गते ९सोमवार० प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनेमा २८ वर्षकी महिला तथा ६७ र ३२ वर्षका पुरुष रहेका छन् । २८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसके पनि ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायमै रहेको भएपनि लक्षण भने नदेखिएको मन्त्रालयले जानकारी दिएको छ ।

Translate »