नेकपा नेताद्वय काशिराम र तारालाई मातृशोक

स्काई न्यूज /माघ २, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, निवासी समाजसेवी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताद्वय काशीराम देवकोटा र ताराप्रसाद देवकोटालाई मातृ शोक परेको छ । नेताद्वय काशीराम तथा ताराप्रसादकी आमाको शुक्रबार दिउँसो ३ बजेर ५० मिनेटमा सुर्खेतको वीरेन्द्रनगर–३, मुलपानी स्थित निवासमा निधन भएको हो । आमा तुलसी देवकोटाको निधन भएको बारे ताराप्रसादले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । लामो समयदेखि हृदयरोगले हैरान उनकी आमाको शुक्रबार मुटुले काम गर्न छोडेपछि निधन भएको हो । नेकपा कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका ताराप्रसादले सामाजिक सञ्जालमा आमाको तस्बिर शेयर गर्दै जन्मदिने आमालाई सधैंका लागि गुमाएको बताएका छन् । उनले लेखेका छन, ‘लामो समयदेखि रोगसंग लडदै आज हामी सबैलाई छोडेर जानु भएको छ । मलाई जन्मदिने मेरो आमा ९५ वर्षको उमेरमा यो संसार छोडेर जानु भयो । आमाको बैकुण्ठमा बाँस होस् ।’ उनले आमाको अभावमा हुने पीडा शब्दमा व्यक्त गर्नै नसकिने जनाए । बाल्यकालदेखि समाजको हितमा लाग्न आमाले दिनु भएको प्रेरणालाई म सदैव पछ्याइरहने उनको भनाइ थियो ।

Translate »