राजस्व बुझ्ने सबै बैंक शनिवार खोल्न निर्देशन

पुस २४, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुस २५ गते शनिवार कार्यालय खुला गर्न निर्देशन दिएको छ । सरकारको राजस्व संकलन गर्न बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन गर्ने शाखा, काउण्टर र नेपाल क्लियरिङ हाउस खुला गर्न निर्देशन दिइएको छ । केन्द्रीय बैंकले बिहीवार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बैंकहरूले शनिवार राजस्व संकलन गर्न कार्यालय खोलेसँगै आरटीजीएस (विद्युतीय माध्यमबाट तत्कालै भुक्तानी गर्न सकिने) प्रणालीबाट पनि सेवा प्राप्त गर्न सकिने राष्ट्र बैंकले बताएको छ । यसअघि कार्यालय अवधिमा मात्र यस्तो प्रणालीको सुविधा रहेकोमा राजस्व संकलन गर्दा हिसाब मिलानका लागि यो प्रणाली पनि सुचारु गर्न लागिएको हो ।

Translate »