भेरी नदीमा बस खस्यो, एकको मत्यु, दुई घाइते


स्काई न्यूज /पुस २३, सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–९,गराले गौडामा गुडिरहेको बस सडकबाट भेरी नदीमा खस्दा एक जना घटनास्थलमै मृत्यु भएको छ । सल्यानको कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको ना ५ ख– ७७५० नम्वरको बस विहीबार दिउँसो छिञ्चु–जाजरकोट सडकखण्डको गराले गौडामा दुर्घटना हुँदा बसका चालक दाङको बबई गाउँपालिका–३, का २१ वर्षिय सुमन नेपालीको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवार दुई जना घाईतेको उद्दारपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । ईप्रका छिन्चुका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीका अनुसार बस तीव्र गतिका कारण अनियिन्त्रि भएर नदीमा खसेको हुन सक्ने प्रारम्भिक अनुुुसन्धानबाट खुलेको छ । बसमा ३ जना मात्रै सवार थिए । बस सडकबाट करिव डेढ सय मिटर तल नदीमा खसेको थियो ।

Translate »