भेरी नदीमा बस खस्दा एकको मत्यु, अर्का घाइतेको उद्दार

सवार मध्ये एक जनाको अवस्था अझै अज्ञात

स्काई न्यूज /पुस २३, सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–९, गराले गौडामा सडकबाट भेरी नदीमा बस खसेर दुर्घटना हुँदा एक जना घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक दाङको बबई गाउँपालिका–३, का सुमन नेपाली रहेको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । सडकबाट नदीमा खसेर डुवेको बसबाट एक जना बेपत्ता भएको र अर्का घाइतेको उद्दार गरी उपचारको लागि मेहलकुना अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार सल्यानको कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको बस आज दिउँसो छिञ्चु–जाजरकोट सडकखण्डमा तीव्र गतिका कारण अनियिन्त्रि भएर भेरी नदीमा खसेको हुन सक्ने प्रारम्भिक अनुुुसन्धानबाट खुलेको छ । बसमा सवार मध्ये एक जनाको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको उनको भनाइ छ । बसमा ३ जना मात्रै सवार थिए । बस सडकबाट करिव डेढ सय मिटर तल नदीमा खसेको थियो ।

Translate »