चिसो र लोडसेडिङको दोहोरो मारमा हुम्लाका विद्यार्थी

पुस २३,हुम्ला ।
आइतबार दिउँसो १ बजेदेखि भएको हिमपातले सदरमुकाम सिमकोटमा एसइईका लागि तयारी गरिरहेका विद्यार्थीहरुलाई सकस भएको छ । हिमपातसँगै चिसो ह्वात्तै बढेपछि जेठ महिना हुने भनिएको एसइईको टयुसन पढने परिक्षार्थीलाई चिसोले समस्या भएको हो । परीक्षाको तयारी गर्न सदरमुकाम सिमकोट पुगेकी कर्णाली माध्यमिक विद्यालय चौगानफयाँमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु बताउँछन ।हिमापातले चिसो अत्यधिक चिसो बनाएर कक्षा कोठामा लेख्न समेत गाह्रो हुने गरेको उनीहरु बताउँछन । चिसोले अध्ययन गर्न र लेख्न समेत कठिन भएको कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा शारदा शाहीले बताइन् । उनले भनिन्– “हिमपातका कारण चिसोले गणित,विज्ञान,अंग्रेजी लगायतका विषयको पढाइ नसकिने चिन्ता लागेको छ ।”

जिल्लामा पुस अन्तिममा आएर हिमपात हुँदा टयुसन पढ्ने परिक्षार्थीहरुलाई चिसोले समस्या बनाएको बालमन्दिर माध्यमिक विद्यालयका विज्ञानका शिक्षक धिरज रोकाया बताईन। बालमन्दिर माध्यमिक विद्यालयमा झण्डै १ सय ५० विद्यार्थी अहिले टयुसन पढिरहेका छन । जिल्लाका ३ गाउँपालिका विद्यार्थीहरु सदरमुकाम सिमकोटमा ट्युटन अध्ययन गर्ने आएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए । मानरोवर माध्यमिक विद्यालयका गणित,विज्ञान,अंग्रेजी लगायतका विषयमा अध्ययन गर्ने १ सय ६० जना विद्यार्थीहरुले टयुसन कक्षा लिएको प्रअ शाहीले बताए । खार्पुनाथ गाउँपालिका, सिता माध्यमिक विद्यालय,छिप्र्रा,रामदेव माध्यमिक विद्यालय, ठेहे, रलिङ माध्यमिक विद्यालय बरगाँउ,कर्णाली माध्यमिक विद्यालय, चौगानफयाँ लगायतका क्षेत्रहरुबाट विद्यार्थीहरु सदरमुकाम सिमकोट टयुसन कक्षा लिन भनेर बसेका छन । बालमन्दिर माध्यमिकमा १ सय ५० र मानसरोवर माध्यमिक विद्यालयमा १ सय ६० जना गरी जम्मा ३ सय १० जना जति विद्यार्थीहरुले टयुसन कक्षा लिएका छन् ।
विद्युत कटौतीको मारमा परीक्षार्थी
५ सय किलोवाट क्षमता भएको हिल्दुम साना जलविद्युत आयोजनाले दैनिक ११ घण्टा लोडसेटिङ्ग गरेपछि जिल्ला सदरमुकाम सिमकोटमा एसइईको परीक्षा दिने परीक्षार्थी दोहोरो मारमा परेका छन । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुने गरेपछि सदरमुकाम सिमकोट कोठा भाडा लिएर ट्युसन पढने विद्यार्थीहरुलाई दोहोरो मर्का परेको हो । ५ सय किलोवाट क्षमता भएको हिल्दुम साना जल विद्युत आयोजना हाल ८० किलोवाट मात्रै उत्पादन हुन थालेपछि यहाँका विद्यार्थीहरु र व्यवसायीहरुलाई समस्या भएको छ ।

Translate »