७७ जिल्लाकै खानेपानीको अध्ययन गरिनेः खानेपानी मन्त्री थापा
स्काई न्यूज /पुस २१, सुर्खेत ।
नेपाल सरकारका खानेपानी मन्त्री मणिचन्द्र थापाले तत्कालै देशभरका खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गरेर योजनाबद्ध निर्माण प्रक्रिया शुरु गरिने बताएका छन् । नेपाल प्रेस संगठन सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गरेर नीतिगतरुपमै ठोस योजना सहित दिर्घकालिन समाधान खोजिने जनाए । उनले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस भईरहेको बताए । मन्त्री थापाले देशमा निर्वाचन हुने पक्का भईसकेकाले पार्टी भित्र देखा परेको समस्यालाई एकीकृतरुपमा समाधान गर्ने प्रयास अहिले पनि जारी रहेको जनाए । उनले पार्टी भित्र देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्र्तक्रियाबाट कमिकमजोरी दुर गर्दे पार्टीलाई एकताबद्ध बनाएर चुनाव जाने जिकिर गरे । कार्यक्रममा तत्काल कुनैपनि मन्त्री बद्लिने वा प्रदेश सरकार हेरफेर गर्ने सरकारको कुनै योजना नरहेको समेत उनले स्पष्ट पारे ।