मुगु-हुम्ला जोड्ने सडकमा पुल निर्माणका लागि सर्भे सुरु

पौष १९,हुम्ला ।
मुगु–हुम्ला जोडने लिंक रोडको ट्रयाक खोल्ने कार्य सकिएपछि चार ठाउँमा पुल निर्माणका लागि सर्भेको काम सुरु भएको छ । मुगु–हुम्ला जोडने ६७ किलोमिटर ट्रयाक खोल्ने कार्य सकिएसँगै लिंकरोडभित्र पर्ने चार वटा पुल निर्माणको सर्भेक्षणको काम सुरु भएको हो । लिंक रोडभित्र पर्ने मुगुको लुमखोला, मुगुकै दर्केखोला र हुम्लाको लेवराखोला र मेल्छाम खोलामा पुल निर्माणको सर्भेक्षणको काम सुरु भएको ग्रामिण पहुँच कार्यक्रमका परियोजना फिल्ड व्यवस्थापक विष्णुराम विष्टले जानकारी दिए । मुगु–हुम्ला जोड्ने ६७ किलोमिटर ट्रयाक खोलेपछि पुल निर्माणको सर्भेक्षणको काम पनि अघि बढेको परियोजनाका फिल्ड व्यवस्थापक विष्टले बताए । अबको दुई महिनापछि निर्माणको काम सुरु भएर एक वर्षभित्रै निर्माणको काम सम्पन्न हुने जानकारी विष्टले जानकारी दिए । ८ करोड ५७ लाख ४ हजार ४ सय ४० रुपैँयामा चार वटा पुल निर्माण हुन लागेको हो ।

Translate »