शिक्षाविद्द्वय ढकाल र थापा सम्मानित


स्काई न्यूज /पुस १८, सुर्खेत ।
सुर्खेतका चर्चित शिक्षाविद्द्वय डाक्टर नरेशविक्रम ढकाल र खगेन्द्र थापा सम्मानित भएका छन् । भेरी साहित्य समाज सुर्खेतले शनिबार एक कार्यक्रमको आयोजना गरि मुलुकको शैक्षिक तथा सामाजिक रुपान्तरणमा योगदान पु¥याए वापत ढकाल र थापालाई सम्मान गरेको हो । दुबै जनालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले सम्मान पत्रसहित खादा ओढाएर सम्मानित गरेका हुन् । शिक्षा तथा समाज रुपान्तरणमा ढकाल र थापाको उच्च योगदान रहँदै आएको भन्दै उनले भविष्यमा शिक्षाको उन्नयनका लागि थप सहयोग रहने अपेक्षा व्यक्त गरे । कार्यक्रममा समाजका अध्यक्ष थानेश्वर लामिछाने, उपाध्यक्ष युवराज संगम, सचिव महेन्द्र चन्द महासागरले ढकाल र थापाको प्रशंसा गर्दै उत्तरौंत्तर प्रगतिको शुभकामना व्यक्त गरे । ढकाल सेवानिवृत्त शिक्षकसँगै लामो समयदेखि आईटीआई इन्टरनेशनलका कार्यक्रम संयोजक हुन भने थापा लामो समयदेखि शिक्षण पेशामा आवद्ध हुँदै हाल अमर ज्योती नमूना माविका प्रधानाध्यापक हुन् ।

Translate »