अन्तरपार्टी महिला सुर्खेतको अध्यक्षमा भण्डारी


स्काई न्यूज /पुस १६, सुर्खेत ।
अन्तरपार्टी महिला सञ्जाल सुर्खेतको अध्यक्षमा रुपा भण्डारी चयन भएकी छिन् । अन्तरपाटी महिला सञ्जाल सुर्खेतको विहीबार वीरेन्द्रनगरमा भएको भेलाले भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । भण्डारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अध्यक्षमा चयन भएकी हुन् । भेलाले उपाध्यक्षमा नेकपा मालेका तर्फबाट मेनुका कुमारी भण्डारी, सचिवमा नेपाली काँग्रेसका तर्फ गंगा नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सह–सचिव राधिका थापा, एवं कोषाध्यक्ष पद जनता समाजवादी पार्टीका लागि हाललाई रिक्त राखिएको समितिले जनाएको छ । भेलाले सदस्यमा शान्ति सिंह नेपाली काँग्रेस, दीक्षा खत्री जनता समाजवादी पार्टी, देवीसरा विक नेकपा, गिताकुमारी तिमिल्सेना नेकपा, लक्ष्मी कुमारी ज्ञवाली नेकपा, कोकिला सिंह विसी नेकपा, यामुना सापकोटा नेपाली काँग्रेस, लालमति पन्त नेपाली काँग्रेस र बसन्ति थापा नेपाली काँग्रेस चयन गरेको छ ।

Translate »