घर–घरमै पानी आएपछि फेरिएको जीन्दगी

# एक घर एक धारा कार्यक्रम # अब पानी लिन बाहिर जानु पर्दैन


स्काई न्यूज /पुस १४, सुर्खेत ।
मुगुको सोरु गाउँपालिकाका स्थानीयलाई सधै पिउने पानीके पिरलो हुने गथ्र्यो । सरकारले एक घर एक धारा अभियान शुरु गरेपछि पिउने पानीका लागि तड्पिनु पर्ने अवस्थाको अन्त्य भएको हो । अहिले सोरु–८, आसि धारामा खानेपानीको आयोजना पुरा भएपछि स्थानीयको जनजीवन सहज भएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, अनुकुलन कोष, विश्व खाद्य कार्यक्रम तथा ग्रामीण सामुदायिक विकास केन्द्र, मुगुको संयुक्त साझेदारीमा सञ्चालित क्याप्mस कर्णाली परियोजना अन्तर्गत खानेपानी आयोजना पुरा भएपछि सबैको घरघरमा खानेपानीको धारा पुगेको हो । पानीधारा घरमै पुगेपछि स्थानीयको दैनिकीमा समेत परिवर्तन आएको छ । जसले गर्दा स्थानीयमा खुशी छाएको हो । जलवायु परिवर्तन तथा खाद्य सुरक्षाका दृष्टिले अति संकटासन्न सोरु गाउँपालिका–८, स्थित आसिधाराका स्थानीयले लामो समयदेखि पिउने पानीको अभाव झेल्दै आएका थिए ।

गत वर्षको बाढीले बस्तीको खानेपानीको भौतिक संरचनालाई पुर्ण रुपमा क्षति पु¥याएको थियो । गाउँमा १ वटा मात्र धारा भएको र उक्त धारामा निरन्तर पानी नआउँदा स्थानीयले सास्ती खेप्दै आएका थिए । बस्ती माथि खोलामा पानीको मुहान भएपनि पानीको हाहाकार भएकोमा पछिल्लो समय आयोजना पुरा भएपछि स्थानीयको दैनिकी फेरिएको हो । स्थानीयको श्रमदान, क्याप्mस कर्णाली परियोजनाको आर्थिक सहयोगमा आयोजना पुरा भएपछि स्थानीयलाई राहत भएको छ । यसअघि एक गाग्री पानीका लागि महिलाले सबेरै पानीको धारामा लाईन बस्नुपर्ने र धारामा पानी नआएमा पानीको मुहान धाउनु पर्दथ्यो । तर गाउँमा खानेपानी आयोजना पुरा भएपछि त्यो दुःख हटेको छ । गाउँमै पानीको धारा आएपछि विशेष गरि गर्भवती महिला तथा बालबालिकालाई राहत मिलेको स्थानीय हरिनन्दा रोकायले बनाईन् । गाउँमा पानी पुगेपछि पिउनका लागिमात्रै नभई स्थानीयको सरसफाईको क्षेत्रमा समेत निकै परिवर्तन आएको र आफ्नो घरको करेसाबारीमा समेत तरकारी खेती गर्न थालेको खानोपानी आयोजना समितिका अध्यक्ष जुवारीलाल खड्काले बताए ।

वस्तीमाथि रहेको खोलामा मुहानको पानी १३ सय मिटर पाईप लाईनबाट करिब ८ घन मिटर क्षमताको टंकीमा जम्मा गरी पाईप लाईनको माध्यमबाट बस्तीमा पानी पुगेको छ । गाउँमा रहेका २७ घरधुरीमा पानीको धारा पुगेको छ । आयोजनमा क्यप्mस कर्णाली परियोजनाको तर्फबाट २४ लाख ६८ हजार रुपैयाँ लागत सहयोग रहेको थियो । आयोजना पुरा भएपछि गाउँमा पानीको हाहाकार अन्त्य हुनुका साथै दैनिकीमा समेत सुधार आएको छ । आयोजनामा वस्तीका संकटासन्न स्तर क र ख का २४ जना स्थानीयले अल्पकालिन रोजगारी प्राप्त गरेका थिए । आयोजनामा आफुले काम गरे वापतको ज्याला आप्mनै खाता मार्फत भुक्तानी पाईने र विचौलियाहरुले ठगि गर्न नपाउने भएकाले परियोनाको पद्धती साह्रै चित्तबुभ्mदो भएको स्थानीय अचमपुरा कामीले बताईन । उनले अन्य ग्रामीण आयोजना कार्यान्वयन गर्ने निकायहरुले पनि यो पद्धती अबलम्बन गर्नुपर्नेमा जोड दिईन ।

Translate »