सुर्खेतमा कांग्रेसको विरोध प्रदर्शन


स्काई न्यूज /पुस १३, सुर्खेत ।
वर्तमान सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमकाविरुद्ध नेपाली काँग्रेस सुर्खेतले विरोध प्रर्दशन गरेको छ । देशव्यापी विरोध कार्यक्रम अन्तर्गत सुर्खेतको दुईवटा निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको हो । निर्वाचन क्षेत्र नम्बर १ को गुर्भाकोटमा र २ को पञ्चपुरीको बाबियाचौरमा आयोजित कार्यक्रमलाई पूर्व मन्त्री शिवराज जोशी, हृदयराम थानी, सुर्खेत पार्टी सभापति कमलराज रेग्मीगायतले सम्बोधन गरे । उनीहरुले विकास र परिर्वतनका नाममा सिन्को समेत भाँच्न नसक्दा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताए । सभामा बोल्ने अधिकांसले संसद विघटन गर्नु लोकतन्त्र र संविधानको खिल्ली उडाउनु मात्रै भएको उनीहरुले आरोप लगाए । काँग्रेसका अनुसार संसद विघटन गरेर ओलीले देश र जनतालाई ठूलो धोका दिएका छन् । नेपाली कांग्रेसले मात्र देश र जनतालाई न्याय दिन सक्ने उनीहरुको ठोकुवा थियो ।

Translate »