डीआईजी बढुवाका लागि ९ जना सिफारिस

स्काई न्यूज/ पुस १३, काठमाडौं ।
गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले २०४९ वैशाख र चैतमा प्रहरी सेवामा प्रवेश गरेका एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिसमा परेकाहरुमध्ये ७ जना आईजीपी शैलेश थापाकै ब्याची रहेका छन् । अन्य दुई जना एआईजी विश्वराज पोख्रेलको ब्याची छन् । गत असारदेखि नेपाल प्रहरीमा डीआईजी पद रिक्त थियो । सिफारिस हुनेमा गणेशबहादुर ऐर राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवार, पुरुषोत्तम कँडेल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखाा नक्साल, राजेशकुमार लाल कर्ण प्रहरी प्रधान कार्यालय आतंकवाद नियन्त्रण महाशाखा नक्साल, डा.देवबहादुर बोहरा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो, दिवेश लोहनी प्रहरी प्रधान कार्यालय यूएन महाशाखा नक्साल, रामकृपाल साह १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर, उमेश रञ्जितकार प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षणालय नक्साल, प्रकाश अधिकारी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग वैदेशिक महाशाखा नक्साल एवं मुकुन्दराज आचार्य प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगञ्ज रहेका छन् ।

Translate »