निर्वाचन तयारीमा जुट्न राज्यमन्त्री रावतको आग्रह


स्काई न्यूज /पुस १३, सुर्खेत ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले युवालाई निर्वाचन तयारीमा जुट्न आग्रह गरेका छन् । सोमवार सुर्खेतको वीरेन्द्रनगरमा युवा संघले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दे राज्यमन्त्री रावतले नचाहँदा चाहाँदैपनि चुनाव हुने पक्का भएकाले युवालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका हुन् । पार्टी भित्रकै अन्तरकलहले संसद विघटन गर्नु परेको बाध्यकारी अवस्था बारे जानकारी दिँदै उनले चुनावमा एकढिक्का भएर जनतालाई देशको समसामयिक अवस्था बारे अवगत गराउन युवाले नै नेतृत्व लिन आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत लगायत केन्द्रिय तथा प्रदेशस्तरीय नेताहरुले भेलालाई सम्बोधन गरेका थिए । यसअघि सुर्खेतमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको भेलामा सहभागी कार्यकर्ताले आखाँ अस्पलात हुदै बजार परिक्रमापछि घण्टाघरमा कोणसभाको आयोजना गरेका हुन् ।

Translate »