विपद् न्यूनिकरणमा सुर्खेती युवायुवती


स्काई न्यूज /पुस १२, सुर्खेत ।
सुर्खेतका युवायुवतीले जलवायु परिवर्तनले दिनप्रतिदिन समाजमा पारिरहेको असरबारे जागरुक हुन आवश्यक रहेको औल्याएका छन् । समिकरण विकास केन्द्र नेपालले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘नागरिक समाज संस्थामा युवामैत्री सुशासन अभिबृद्धिका लागि सामुदायिक अंक पत्रको प्रयोग’ बारे छलफल कार्यक्रमका सहभागिले जलवायु परिवर्तनबाट उत्पन्न विपद् न्यूनिकरणका लागि युवायुवतीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । उनीहरुले युवाहरु परिवर्तनका सम्वाहक भएकाले युवाहरु एकजुट भएर स्थानीय विपद् तथा जलवायु उत्थानका लागि जुट्नु पर्ने बेला आएको बताएका छन् ।

ईयूको आर्थिक सहयोग एवं यूएसओको प्राविधिकि सहयोगमा आयोनले गरेको सहजिकरण छलफल कार्यक्रममा सेवाप्रदायक र सेवाग्राहीवीच समाज रुपान्तरणका लागि युवामैत्री सुशासन अभिबृद्धिका लागि समेत सबै पक्ष उत्तिकै जिम्मेवार हुन आवश्यक रहेको औल्याईएको हो । कार्यक्रममा समिकरण विकास केन्द्र (एड्सेन) नेपालका अध्यक्ष प्रकाश सारुले लोकतन्त्रमा समाज रुपान्तरणका लागि युवामैत्री सुशासन अपरिहार्य रहेको बताए । उनले बालमैत्री, महिलामैत्री, युवामैत्री सामाजिक समुन्नत वातावरण निर्माणका लागि सुशासन, आर्थिक तथा पूर्वाधार विकासमा जोड दिए । उनका अनुसार सुशासनमा युवाको अधिकतम् सहभागिता सुनिश्चित गराउँदै लैङ्गिक एवं समावेशी वातावरण सृजित गर्नु पर्छ । आयोनका जिल्ला संयोजक गगन खड्काले परिवर्तन एकैदिन सम्भव नभएकाले निरन्तरण जलवायु परिवर्तन तथा विपद् न्यूनिकरणमा युवाहरुको भूमिकालाई सशक्त बनाईनु पर्नेमा जोड दिए । उनले जलवायु तथा विपद् उत्थानशीलताका लागि सामाजिक जवाफदेहिता बढाउन आवश्यक रहेको औल्याए । कार्यक्रममा सुर्खेतका दुई दर्जन बढी युवायुवतीको सहभागिता रहेको थियो ।

Translate »