दैलेखमा बालविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

स्काई न्यूज /पुस १०, दैलेख ।
दैलेख प्रहरीले बालविवाह मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका–११, का ३५ वर्षीय शेरबहादुर थापा मगर, २६ वर्षीय हेमन्तबहादुर थापा मगर र ३९ वर्षीय गगनबहादुर थापा मगर रहेका छन् । प्रहरीले उनीहरुलाई शुक्रबार उनीहरुकै घर नजिकबाट पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत दैलेखले २०७४ चैत २१ गते गरेको फैसला अनुसार शेरबहादुर र गगनबहादुरलाई १/१ हजार नगद जरिवाना र हेमन्तबहादुरलाई ७ दिन कैद सजायसहित १० हजार रुपैयाँ नगद जरिवानाको फैसला गरेको थियो । अदालतको उक्त फैसलालाई अटेर गरि फरार रहेका उनीहरुलाई पक्राउ गरि कैद जरिवाना भुक्तानीको लागि अदालतमा पेश गरिएको दैलेख प्रहरीले जनाएको छ ।

Translate »