दाहाल–नेपाल समूहद्वारा काठमाडौंमा प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध


पुस १०, काठमाडौं । नेकपाको दाहाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेको छ । सर्वोच्व अदालतको संवैधानिक इजलासमा संसद् विघटनबारे सुनुवाइ हुँदै गर्दा प्रचण्ड समूह विरोधमा उत्रिएको हो । शुक्रवार बिहान माइतीघर मण्डलामा उक्त समूहले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रचण्ड समूहका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरू उपस्थित छन् । अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाका विषयमा प्रदर्शन हुनुलाई धेरैले रुचाएका छैनन् ।

Translate »