जाजरकोटमा २२ वर्षपछि प्रहरीको आफ्नै भवन


बद्री पन्त/जाजरकोट ।
हालै जाजरकोटका दुई ठाउँमा प्रहरी कार्यालय भवन निर्माण गरिएका छन् । भेरी नगरपालिका–१, रिम्ना र शिवालय गाउँपालिकाको सिमामा ईलाका प्रहरी कार्यालय भवन निर्माण गरिएका हुन् । २२ वर्षपछि आफ्नै भवनमा बस्न पाउँदा प्रहरीलाई दैनिक कार्य गर्न सहज भएको छ । यसअघि २०५६ सालमा तत्कालीन माओवादीले भवन ध्वस्त पारिदिएपछि प्रहरी कार्यालय भाडाको घरमा बस्दै आएको थियो । आफ्नै नयाँ भवन बनेपछि प्रहरीलाई दैनिक कार्य सञ्चालन सहज भईरहेको जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले बताए । युएनओपिएसको आर्थिक सहयोगमा डीएफआई नेपालले भवन निर्माण गरिदिएको हो । ईलाका प्रहरी कार्यालय रिम्नाको भवन ३ करोड ३५ लाख र सिमाको ३ करोड ३० लाखको लागतमा निर्माण सम्पन्न भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीका लागि आवश्यक सुविधायुक्त १५÷१५ कोठा भएको भवनमा सबै प्रकारका सेवाहरु उपलब्ध रहेका छन् । जिल्लाको बारेकोट, नायकबाडा, चौखाँ, मैदै, सेपुखोला, टापुचौर, पैक, गर्खाकोटमा रहेका प्रहरी चौकी भने हालसम्म भाडाकै घरबाट सञ्चालित भईरहेका छन् ।

Translate »