सुर्खेतमा कोरोना संक्रमित पुरुषको मृत्यु

 

स्काई न्यूज /पुस ८, सुर्खेत ।
सुर्खेतमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाकै गुर्माकोट नगरपालिका–७, का ७५ बर्षीय कोरोना संक्रमित पुरुषको आज विहान ३ बजे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रम मृत्यु भएको हो । मृतक पुरुषलाई कडा निमोनियासँगै कोरोना संक्रमणका कारण निधन भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले जानकारी दिनु भयो । उहाँले ती कोरोना संक्रमित पुरुषको शव व्यवस्थापना गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको बताउनु भयो । सुर्खेतमा योसँगै कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १३ पुगेको छ ।

Translate »