कर्णाली खेलकुद परिषद्को उपाध्यक्षमा हमाल


स्काई न्यूज / पुस ७, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्को उपाध्यक्षमा प्रमोद हमाल र सदस्य सचिवमा विश्वामित्र संज्याललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश खेलकुद परिषद्मा उनीहरुलाई नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवंम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार परिषद्को सदस्यमा टक्कबहादुर शाही, सरोज शाही, भूमाकुमारी बुढाथोकी, मोहनराज घर्ती र हेमा खड्कालाई नियुक्त गरिएको छ । उपाध्यक्ष हमाल जिल्ला फुटवल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्षसँगै खेलक्षेत्रका अग्रणी व्यक्तित्व हुन् भने नवनियुक्त संज्याल राष्ट्रिय खेलकुद परिषद्का पूर्वइन्जिनियर हुन् ।

 

Translate »