सुर्खेतमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन्


स्काई न्यूज/ पुस ७, सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा मंगलबार वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ । कार्यक्रममा युवा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका थिए । कार्यक्रममा पार्टीभित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद बिघटन गरी मध्यावधि चुनावको घोषणा गर्न बाध्य भएको उनीहरुको भनाइ थियो । प्रदर्शनमा सहभागी युवा विद्यार्थी नेताहरुले ‘केपी ओली हाई हाई, प्रचण्ड बाई बाई’, ‘केपी ओली जिन्दावाद’, ‘जबज जिन्दावाद’को नारा लगाएका थिए । ‘आज हैन् भोलीलाई हाम्रो साथ ओलीलाई’ लगायतका नारा लगाउँदै ओली निकट विद्यार्थी तथा युवा कार्यकर्ताले प्रदर्शन गरेको हाम्रा सहयोगी विनोद ढकालले जानकारी दिए ।

Translate »