अमेरिकामा ५० वटाभन्दा बढी सरकारी निकायहरुमा ह्याकिङ भएको खुलासा

अमेरिकी सरकारी एजेन्सीहरूको ठूलो संख्यामा ह्याकिङ भएको पत्ता लागेको छ । ह्याकिङका कारण ५० वटाभन्दा बढी सरकारी संगठनहरुलाई असर गर्ने साइबर सुरक्षा फर्मले जनाएको हो । फायर आइ नामक संगठनका प्रमुख कार्यकारी अधिकृत केभिन म्यान्डियाका अनुसार नेटवर्कमा १८ हजार संस्थाहरुको मेलिसियस कोड रहेकोमा ५० मा मुख्य असर पर्नेछ । ह्याकरहरुले अमेरिकी अर्थ, रक्षा तथा गृह मन्त्रालयलाई पनि लक्षित गरेको बताएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुसले ह्याकिङ गरेको आरोप लगाए । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ट्वीट गर्दै ह्याकिङमा रुसी नभई चीनिया संलग्नता रहेको आरोप लगाएका छन् । (नेपाल टेलिभिजन)

 

Translate »