प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दर्ता

पुस ६,काठमाडौँ ।
सरकारले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि त्यस विरूद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दर्ता भएका छन् । सोमबारसम्म सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध संबैधानिक इजलासतर्फ १ सहित ११ वटा रिट दर्ता भएका छन् । प्रतिनिधिसभा विघठनविरुद्ध संबैधानिक इजलासतर्फ सन्तोष भण्डारीको रिट दर्ता भएको छ भने साधारण इजलासतर्फ अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्र बहादुर ओली, सुलभ खरेल, दिनेश त्रिपाठीलगायतको दश वटा रिट दर्ता भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । प्रतिनिधिसभा विघठनको विपक्षमा रहेका संविधानका जानकारहरूले अहिलेको संविधानले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताउँदै आएका छन् ।

 

Translate »