प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतमा प्रदर्शन


स्काई न्यूज /पुष ५, सुर्खेत । 
संघीय संसद्को प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध सुर्खेतमा समेत प्रदर्शन शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै आइतबार दिउँसो साढे ३ बजे वीरेन्द्रनगरको मंगलगढीचोकदेखि वीरेन्द्रचोकमा पुगेर नेकपासम्बद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले केपी शर्मा विरुद्ध नाराबाजी लगाउँदै अलोकतान्त्रिक निरकुंश गरि ‘कु’ गरेको आरोप लगाएका थिए । सुर्खेतमा नेकपा समर्थित युवाहरुको एक समूह संसद विघटन विरुद्ध प्रदर्शनमा उर्तेको थियो भने अर्को ठूलो समूह सर्मथनमा रहेको देखिन्थ्यो । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।  राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।

Translate »