साझा सहकारीले कर्मचारीलाई पुरस्कृत ग¥यो


स्काई न्यूज /पुस ४, सुर्खेत ।
साझा वचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट कर्मचारी, असल वचतकर्ता, एवं असल ऋणीलाई सम्मान गरेको छ । संस्थाले शनिबार आफ्नो १० औं वार्षिक साधारण सभाको अवसर पारेर सम्मान गरेको हो । सभामा संस्थाका सचिव ओमजंग रोकायले आर्थिक वर्ष २०७६÷०७७ को प्रगति आव २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा संस्थाले आव २०७६÷०७७ मा ७ करोड ५० लाख ९५ हजारको कुल पूँजी तथा दायित्वसहित आउँदो वर्षका लागि ८ करोड ८० लाख वासलात गरिएको थियो । त्यस्तै सभाले शेयर सदस्यहरुको शेयरमा ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ । सहकारीका अध्यक्ष मदनबहादुर खड्काको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको संस्थाका प्रबन्धक तुल्सी घिमिरेले जानकारी दिईन् ।

Translate »