अफगानिस्तानमा बम विष्फोट हुँदा१५ बालबालिकाको मृत्यु

पूर्वी अफगानिस्तानको घजानी राज्यमा बम विष्फोट हुँदा १५ जना बालबालिकाको मृत्यु हुनुका साथै अन्य थप २० जना घाइते भएका छन् । विष्फोटको कारण स्पष्ट हुन सकेको छैन । अधिकारीहरुले रिक्साको पछाडि राखिएको अवस्थामा बम विष्फोट भएको बताएका छन् । तर स्थानीयहरुका अनुसार बेवारिसे अवस्थामा भेटिएको विष्फोट हुनु अघिको बमलाई बालबालिकाले अन्य वस्तु सोचेर पसलमा विक्री गर्न खोज्दा उडेर विष्फोट भएको हो । स्थानीय समय अनुसार विष्फोट दिउँसो २ बजे भएको हो । घटनास्थल नजिकैको घरमा कुरान पढिरहेको अवस्थामा विष्फोट भएको जनाइएको छ । तालिवान आतंकवादी समूहले विष्फोट दुर्घटनावस भएको बताएका छन् ।-नेपाल टेलिभिजन

Translate »