शुक्रवार तोलामा ८०० ले बढ्यो सुनको मूल्य

पुस ३, काठमाडौं ।
साताको अन्तिम कारोबारको दिन शुक्रवार पनि नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ । गत पुस १ गतेदेखि उकालो लागेको सुनचाँदीको मूल्य आज तेस्रो दिन शुक्रवार पनि बढेको छ । स्थानिय बजारमा शुक्रवार सुनको भाउ रू. ८०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू। ९४ हजार ३०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू.९३ हजार ५०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू.८०० ले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ९३ हजार ८५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ०५० मा कारोबार भएको थियो । यस्तै, शुक्रवार पनि चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीवार प्रतितोला रू। एक हजार २५५ मा कारोबार चाँदी शुक्रवार प्रतितोला रू. एक हजार २८० मा कारोबार भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदीको मूल्य रू.२५ ले बढेको हो ।

Translate »