ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

पुस १,दैलेख ।
दैलेखको दुल्लु–सुर्खेत सडकखण्डमा चामल ढुवानी गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोही ट्याक्टरका सहचालक ठाँटीकाध गाउँपालिका–१ का करिब २७ वर्षीय दिनेश शाहीको मृत्यु भएको हो। सुर्खेतदेखि दैलेख डाँडीमाडीसम्म चामल लोड गरी जाँदै गरेको भे१त ७४८१ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका–४, कालाखोलास्थित दुल्लु–सुर्खेत सडकखण्डमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गणेशबहादुर बमले जानकारी दिए। उनका अनुसार उक्त ट्याक्टर सडकबाट करिब २५ मिटर तल खोल्सामा खसेको छ।

Translate »