दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु


स्काई न्यूज /मंसिर २५, सुर्खेत ।
दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ । दैलेख गुरास गाउँपालिकाका–५, का ८७ वर्षिय कोरोना संक्रमित पुरुषको आज विहान ८ बजे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रम मृत्यु भएको हो । मंसिर १५ गते कोरोना पुष्टि भएर स्वासप्रस्वासमा कठिनाई भएपछि अस्पताल भर्ना भएका ती पुरुषलाई बचाउने तमाम कोशिसका बावजुद दुःखद् निधन भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनले ती कोरोना संक्रमित पुरुषको शव व्यवस्थापना गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत र नेपाली सेनाले समन्वय गरिरहेको बताए । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या २१ पुगेको छ ।

Translate »