तिलामा १० शैयाको अस्पताल शिलान्यास


स्काई न्यूज /मंसिर २३, सुर्खेत ।
जुम्लाको तिला गाउँपालिकामा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ । तिला गाउँपालिका ३ कुडारिमा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले मंगलबार अस्पतालको शिलान्यास गरेका हुन् । शिलन्यासका क्रममा मन्त्री रावतले नेपाल सरकारले कर्णालीका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैयाका अस्पताल निर्माण गरिएको बताए । नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन सडक विस्तार पूर्वाधार व्यवस्थापन अति आवश्यक रहेको मन्त्री रावतको भनाई थियो । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले दीर्घकालीन, मध्यकालीन अल्पकालीन योजना बनाएर स्वास्थ्य क्षेत्र सुधारमा जुटेको उल्लेख गरे । तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले ३१ गाउँबस्ती रहेको तिलामा गुणस्तरीय स्वास्थ्यमा अझै समस्या रहेको बताइन् । कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षाध्यक्ष डा. निरेश थापा, पुर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतलगायतले भनाइ राखे । गाउँपालिकामा १० शैयाको अस्पताल बन्ने भएपछि स्थानीय निकै खुसि देखिएका थिए ।

Translate »