सुर्खेतमा सबै ब्राण्डका मोवाईल पाइने पसल खुल्यो

एकल ब्राण्डको मिलिनियम अब ‘मल्टि ब्राण्डमा’

स्काई न्यूज / मंसिर २३, सुर्खेत ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको गोदामलाईनमा सबै ब्राण्डका मोवाईल पाउने पसल सञ्चालनमा आएको छ । जिल्लाकै सबै भन्दा पुरानो मोवाइल पसल मिलिनियम मल्टि सिस्टमले नयाँ रुपसज्जाका साथ मल्टि ब्राण्डको एकीकृत संग्रहको रुपमा सञ्चालनमा आएको हो । वीरेन्द्रनगर–६, गोदामहललाईन, फुटसलरोडमा मंगलबार एक कार्यक्रमका वीच ग्राहकलाई सबै ब्राण्डका सस्तादेखि महँगा मोवाईलहरु एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याईएको प्रोपराईटर हरि विष्टले जानकारी दिए । उनले पहिलो पुस्तादेखि चौथो पुस्थासम्मका विभिन्न ब्राण्डका आकर्षक मोवाईलहरु सहुलियत मूल्यमै उपलब्ध रहेको बताए । मिलिनियमले पहिले कुनै एउटा ब्राण्डको मोवाईल मात्र विक्री गर्दे आएकोमा पछिल्लो समय ग्राहकको माग अनुसार मल्टि ब्राण्डमा जानु परेको उनको भनाइ थियो । विभिन्न ब्राण्डका मोवाईल विक्रीपछिको सेवालाई समेत ध्यानमा राख्दै मर्मतसँगै एसोसेरिजहरु पनि उपलब्ध हुने उनले बताए ।

Translate »