सोमवार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मंसिर २२, काठमाडौं ।
सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमवार स्थानिय बजारमा पहेंलो धातुको मूल्य प्रतितोला रू.१०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार १५० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार २५० मा कारोबार भएको थियो । यस्तै, सोमवार चाँदीको मूल्यमा पनि मूल्यमा सामान्य गिरावट आएको छ । आइतवार चाँदी प्रतितोला रू. एक हजार २१० मा कारोबार भएको थियो । सोमवार चाँदी रू। एक हजार २०५ मा कारोबार भइरहेको छ । गत कारोबारको दिनको तुलनामा चाँदी रू. ५ ले घटेको हो ।

Translate »