नेकपाको स्थायी समितिको बैठक आज बस्दै

मंसिर २१,काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक आज बस्दैछ । पार्टीको हिजो बसेको सचिवालय बैठकमा दुई अध्यक्षहरुले प्रस्तुत गरेको प्रस्तावमा साझा सहमति नबनेपछि दुबै प्रस्तावमाथि आजदेखि शुरु हुने केन्द्रिय कमिटिको बैठकमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले पार्टीको सङ्कट निवारणबारे पनि स्थायी कमिटीमा छलफल हुने बताए । पार्टी भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन स्थायी कमिटीमा लगिने निधो हिजोको सचिवालयको बैठकले गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटीमा लग्न लागिएको हो । यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा शीर्ष तहमा विवाद कायमै छ ।

Translate »