बुद्ध सरोवर व्यवस्थापनको अध्यक्षमा गुरुङ


स्काई न्यूज मंसिर २०, सुर्खेत ।
बुद्ध सरोवर व्यवस्थापनको अध्यक्षमा समाजसेवी खगेन्द्रबहाुदर गुरुङ चयन भएका छन् । शनिबार वीरेन्द्रनगरमा भएको समितिको प्रथम अधिबेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्णा बंशीमगर, महासचिव जीवनकुमार शाक्य, कोषाध्यक्ष बासना गुरुङ, सचिव लक्ष्मण रोकाय, सह–सचिव कमल भण्डारी तथा सदस्यहरुमा लक्ष्मण रोकाय, लाले कुमाल, सीताराम कार्की, टिका गुरुङ, बलबहादुर योगी एवं श्रीपाल सारुमगर रहेका छन् । थप तीन जना सस्दयलाई आगामी दिनमा चयन गरिने समितिले जनाएको छ । अधिवेशनमा धर्मोदय सभा सुर्खेतका अध्यक्ष तथा भारतीय सेनाबाट सेवानिवृत्त पूर्व क्याप्टेन मोहनबहादुर थापाले कर्णालीको पर्यटन विकासका लागि बुद्ध सरोवरको महत्व असाध्य रहेकाले यसको संरक्षण, सम्वद्र्धनमा एक्यबद्धता जनाउन सर्वसाधारणलाई आग्रह गरे । उनले बुद्ध सरोवरमा भगवान बुद्धको १०८ फिट लामो प्रतिमा स्थापना कार्यलाई तीव्रता दिन नव निर्वाचित पदाधिकारीलाई जोड दिए । नवनिर्वाचित समितिले छिट्टै धर्म विर्सना कार्यक्रम आयोजना गर्ने योजना बनाएको बताएको छ ।

Translate »