मूर्ति बनाएर वार्षिक २० लाख आम्दानी

मंसिर १९,सल्यान ।
धेरै युवाहरू स्वदेशमा श्रम गर्नुभन्दा विदेशमा श्रम गर्न इच्छुक देखिन्छन् । विदेशमा सानोभन्दा सानो काम गर्न तयार हुने तर स्वदेशमा टेबुल वर्कको काम मात्र रोज्ने प्रचलनै रहेको छ । तर बागचौर नगरपालिका–९ कोटमौलाका युवा टोपेन्दै डाँगीले स्वदेशमै केही गर्नुपर्छ भन्दै मूर्ति बनाउँदै आइरहेका छन् । उनले मूर्तिकलाबाट वार्षिक १५ देखि २० लाखसम्म आम्दानी गर्दै आइरहेका छन् ।

एउटा मूर्तिको १५ देखि ५० हजार रुपैयाँसम्म बिक्री हुने गरेको उनको भनाई छ । शिक्षण पेसा छोडेर उनले आर्ट र मूर्तिकला व्यवसायमा लागेका डाँगीले गजबको आम्दानी गर्दै आइरहेका छन् । सल्यान, रुकुम, जाजरकोट, दाङबाट विभिन्न मूर्ति, शिलालेख बनाउन अर्डर आउने गरेको छ । बागचौर बजारमा टोपेन्द्र कला केन्द्रको रुपमा सञ्चालन गरेको व्यवसायमा दुई जनाले रोजगारी समेत पाएका छन् ।

 

Translate »