तरकारी खेतितर्फ अग्रसर हुँदै दलित समुदायका महिला

मंसिर १९,सल्यान ।
सल्यान कालीमाटी गाउँपालिकाका दलित समुदायका महिलाहरु सामुहिक तरकारी खेतितर्फ अग्रसर हुन थालेका छन । घरमा आम्दानीको रुपमा पेशा ब्यवसाय केही नभएपछि पछिल्लो समय कालीमाटी गाउँपालिका–३ ढोरेनीका दलित समुदाय महिलाहरु मिलेर तरकारी खेति सुरु गरेका हुन । ७ जना दलित समुदायका महिला र ३ जना जनजाती महिलाहरु मिलेर १३ रोपनी जग्गा भाडामा लिएर सामुहिक तरकारी खेति सुरु गरेका छन । महिलाहरुले खैरेनी कवुलेयति ब्यवसायी तरकारी खेति समुह नै दर्ता गरेर बार्षिक ४२ हजार भाडा तिरी १३ रोपनी जग्गामा खेति गर्दै आइरहेका छन् । २० जना समुहमा आबद्ध रहेका महिलाहरु मध्ये १० जना महिलाहरु मिलेर २०७५ साल जेठ महिनादेखि खेति सुरु गरेको उनिहरुले बताएका छन । यस सिजनमा मात्रै ४८ क्विन्टल तरकारी उत्पादन गरेर तीन लाख ३६ हजार आम्दानी गरेको भावना विकले बताइन ।

घाँस दाउरमाा मात्र सिमित रहदै आएका महिलाहरु जीविकोपार्जन गर्न कठिन भएपछि आफ्नो आयआर्जनको लागि तरकारी खेतितर्फ अग्रसर भएको बिकले बताइन । अहिले टमाटर, बन्दा, काउली, सीमी, बोडीलगायतका तरकारी उत्पादन गरिरहेका उनको भनाई छ । उनले भनिन, जिल्लाका बिभिन्न संघ सस्थाले हामीलाई सहयोग पनि गरे, तरकारी खेति सम्बन्धी तालिम बिउबिजन उपलब्ध पनि भयो ।’ अहिले सिजन अनुसारको तरकारी उत्पादन गर्दै आएको सिता बिकले बताइन । पहिले घरमा फुर्सदमा रहेकाले आफुलाई दिन बिताउनु गाह्रो हुने गथ्र्यो, ब्यवसायीक रुपमा तरकारी खेति गर्नुपर्छ भन्ने थाहाँ भएन उनले भनिन, बिभिन्न संघ सस्थाहरुबाट तालिम लिएको र घरपरिवारको राम्रो साथ पाएकाले आफुले यो पेशा रोजेका हौं । आफुहरु तरकारी खेतिमा संलग्न भएपछि सानो तिनो समस्या सजिलै टार्ने गरेको हरीकला परियारको भनाई छ । उनले भनिन् ‘सानो समस्या समाधानको गर्न लागि लोग्ने मान्छेका भर पर्नु पथ्र्यो, बिदेशबाट पैसा पठाउलान र केही काम गरौँला भन्ने हुन्थ्यो, तर अहिले तरकारी खेतिबाटै आम्दानी गरेर घरको खर्च टार्ने गरेका छौं । ’ उत्पादन गरेको तरकारी संकलन केन्द्रमा संकलन गरी जिल्लाको खलंगा, श्रीनगर, सुर्खेत आसपासका साना ठुला बजारहरुमा माग अनुसार खपत हुने गरेको महिलाहरुले बताएका छन ।

Translate »