बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

मंसिर १९,नेपालगञ्ज ।
बाँकेमा उपचाररत दाङका तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का ८१ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, तुलसीपुर वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्ज र तुलसीपुर १६ का २६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा गएराति उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ९७ जनाको मृत्यु भएको छ । बाँकेमा उपचाररत जिल्ला बाहिरका ५८ जना र बाँकेका ३९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन् ।

 

Translate »