सुर्खेतमा राजतन्त्र पुर्नवहालीको माग गर्दै प्रदर्शन


स्काई न्यूज/ मंसिर १८, सुर्खेत ।
कणाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा राजतन्त्र पुर्नवहालीको माग गर्दे राजसंस्था पक्षधरले प्रदर्शन गरेका छन् । स्वतन्त्र नागरिक संघर्ष समितिको आयोजनामा बिहीबार (आज) वीरेन्द्रनगरको कालुञ्चोकबाट सयौंको संख्यामा निकालिएको ¥याली दैलेख रोडहुँदै मंगलगढी चौक, मुख्यबजार, भैरवस्थानहुँदै वीरेन्द्रचोकमा कोण सभाको आयोजना गरिएको हो । प्रर्दशनमा उत्रेका सहभागीले ‘राजा आउ देश बचाऊ’ २ हजार ७२ को संविधान खारिज गर, २ हजार ४७ को संविधान लागू गर र गणतन्त्र धोका हो, लगायतका नारा लगाउँदै मोटरसाईकल ¥याली निकालेका थिए । मुलुकमा राजसंस्था पुर्नस्थापना नभएसम्म स्थिरता र मुलुकको प्रतिष्ठा कायम हुन नसक्ने कोणसभामा राजसंस्था पक्षधर नेताहरुले दाबी गरे । पछिल्लो समय दलीय राजनीतिप्रति नागरिकको वितृष्णा पैदा भएकाले राजसंस्थाको पुर्नस्थापना अपरिहार्य भएको उनीहरुको भनाइ थियो ।

Translate »