आज थप २१ जना कोरोना संक्रमितको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या १५२९ पुग्यो

मंसिर १६,काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिए अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १३०४ जना नयाँ संक्रमित थपिएका छन ।

यसैगरी पछिल्लो यही अबधिमा २०७३ जना संक्रमणमुक्त भएका छन । नेपालमा योसँगै २१६५९४ जना संक्रमणमुक्त भइसकेका मन्त्रालयले जनाएको छ ।

यसैगरी अहिलेसम्म आइसोलेशनमा रहेकाहरुको संख्या १६६३३ छ भने ६१६ जना क्वारेन्टिनमा रहेका छन ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । उनीहरुमध्ये २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् ।

 

Translate »