‘रेड वाइन’बाट बाहिरिए पल

पुष्पको इन्ट्री

अमेरिकामा छायांकन हुने भनिएको चलचित्र ‘रेड वाइन’बाट नायक पल शाह बाहिरिएका छन् । यो चलचित्रमा नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु नहुँदै पल शाह चलचित्रबाट बाहिरिएका छन् ।

पल शाह बाहिरिएपछि निर्माणपक्षले नायक पुष्प खड्कालाई चलचित्रमा अनुवन्धित गरिसकेको छ । श्रोतका अनुसार, पुष्पले चलचित्र साइन गरिसकेका छन् ।

 

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए । चलचित्रले औषत व्यापार गरेपनि पुष्प र साम्राज्ञीको जोडीलाई दर्शकले रुचाएका थिए ।

रमेश एम के पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकनका अधिकांश दृश्य नेपालमा हुनेछ । केही दृश्यको छायांकन अमेरिकामा पनि हुने निर्माणपक्षले बताउँदै आएको छ । चलचित्रमा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ ।
पल र साम्राज्ञीले पहिलो पटक एकसाथ काम गर्ने तयारी गरेपनि तत्कालका लागि अब यो टरेको छ ।

वुझिएअनुसार, पलले चलचित्रको कथावस्तु परिवर्तन गर्न आग्रह गरेपछि निर्माणपक्षसँग असमझदारी बढेको थियो । चलचित्र महिला केन्द्रित कथामा निर्माण हुँदैछ । (अनलाइन खबर)

 

Translate »