कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

मंसिर ९,काठमाडौं ।
देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी आज थप २ हजार ७ सय ९१ जना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ । आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल १७ हजार ८ सय ५९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार ३ सय ६१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Translate »