बाँकेमा बाढीपीडित तथा अति विपन्न परिवारको घर निर्माण सुरु

मंसिर ९,बाँके।
शहरी विकास तथा भवन कार्यालयले जनता आवास कार्यक्रम अन्तर्गत बाँकेका गरिव तथा विपन्न परिवारको लागि घर निर्माण सुरु गरेको छ । बाँके क्षेत्र नं. २ बाट विजयी संघीय सांसद तथा पूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको संयोजकत्वमा बसेको बैठकले सुरक्षित नागरिक आवास निर्माण गर्ने निर्णय गरेपछि घर निर्माण सुरु भएको हो । बाँकेमा २०७१ सालमा राप्ती नदीमा आएको बाढीले घर भत्काएका परिवारको घर निर्माण सुरु भइसकेको सांसद राईले बताए ।

उनले बाँके क्षेत्र नं. २ मा बाढीपीडितका लागि ८ सय ८० वटा घर निर्माण गरिने बताए । त्यसैगरि, अति विपन्न तथा गरिव सात सय ६३ वटा घर निर्माण गरिन लागेको पूर्वमन्त्री समेत रहेका राईले बताए । सोही कार्यक्रम अन्तर्गत डुडुवा गाउँपालिकाको ६ वटा वडामा तीन सय ९९ र बाढी प्रभावितहरुका लागि ८ सय २ वटा घर निर्माण हुने भएको छ । भने, नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा तीन सय ६४ र बाढी प्रभावितका लागि ७८ वटा घर निर्माण कार्य अघि बढिसकेको राईले जानकारी दिए ।

 

Translate »