भारती र हर्षलाई डिसेम्बर ४ सम्म हिरासतमा राख्न आदेश

एजेन्सी – ड्रग्सको मुद्दामा पक्राउ परेकी भारतकी चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ। नारकोटिक ड्रग्स एन्ड साइकोट्रापिक सब्सटेंसेज अदालतले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ। दुबै जनाले जमानतका लागि निवेदन दिएका छन्। यसको सुनुवाई आज हुँदैछ।

Translate »