कोरोना संक्रमणबाट ५ हजार ६९९ जना मुक्त

सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ जना

मंसिर ७, काठमाडौं ।
नेपालमा आइतवार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट १ हजार ३२१ जनाको मृत्यु पुष्टि भएको छ । विगत २४ घण्टामा ५ हजार ६९९ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ लाख ६० हजार ७५ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ६८६ जना रहेका छन् । त्यसैगरी आईसोलेशनमा १९ हजार ९६३ जना रहेका छन् ।मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७३३ जना, ललितपुर जिल्लामा १३१जना र भक्तपुर जिल्लामा ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । यसैवीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ओटा ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्रालयले नेगेटिभ रिपोर्ट आएको नमूना एक महीनासम्म र पोजेटिभ आएको नमूना तीन महीनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालाना नगरेको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको हो ।

 

Translate »