सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्यो

मंसिर ७,काठमाडौँ ।
लगातार तीन दिन देखि घटिरहेको सुनको मूल्य आज (आईतबार) भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आईतबार) सुन प्रतितोला ३ सय रुपियाँ र चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपियाँ निर्धारण गरिएको छ ।

गत सातोको अन्तिम दिन शुक्रबार भने छापावाल सुन प्रतितोला ९४ हजार रुपियाँ, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय १० रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा ३ दिनदेखि लगातार घटेको सुनको मूल्य आज भने उकालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ ।(कर्पोरेट नेपाल)

 

Translate »